यमुना नदीको जलसतह ४५ वर्षयताकै उच्च, दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो
स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।
नयाँ दिल्ली : यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ।
मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र 'खतराको तह' पार गरिसकेको बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।
बुधबार दिल्लीमा यमुना नदीको किनारमा रहेका छाप्रामा बस्ने मानिसहरूलाई सहरमा सारिएको छ।
'जलसतह बढ्ने क्रम जारी छ त्यहाँको अवस्था बाढी आएजस्तो छ,' केजरीवालले पानीको सतह अझै बढ्न सक्ने जनाउँदै सञ्चारकर्मीहरूसँग भने।
वर्षामा आएको बाढी र पहिरोले प्रत्येक वर्ष भारतमा जनधन क्षति गर्छ। बीबीसी