प्री ओपन सेसन : नेप्से परिसूचक ओरालोतिर
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ओरालो लागेको छ। यो समयमा नेप्से परिसूचक १.८४ अंकले घटेर २०९५.७२ विन्दुमा झरेको हो।
यो सेसनमा ४० कम्पनीको ४ हजार ४८० कित्ता सेयर १० लाख ९७ हजार ७५४ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका ४० कम्पनीमध्ये २५ को मूल्य बढ्यो भने १० को घट्यो। ५ कम्पनीको सेयर मूल्य यो समयमा स्थिर रह्यो।