रोपाइँ गर्न सघाउँदै जनमत पार्टीका कार्यकर्ता (फोटो फिचर)
जनकपुरधाम : जनमत पार्टीको जनश्रमदान अनतर्गत १ बिघा धान रोपाइँ सम्पन्न भएको छ । महोत्तरी जिल्ला अन्तर्गत महोतरी गाऊँपालिका ५ मा जनमतले सार्वजनिक श्रमदान अन्तर्गत १ बिघा धान रोपाईको सम्पन्न गरेको हो।
धान रोप्ने मुख्य समयमा कृषि मजदुर अभावका कारण रोपाइँको काम हुन नसकेको समयमा महोत्तरी गाउँपालिकामा १ बिघा सार्वजनिक धान रोपाइँ सम्पन्न भएको छ ।
जनमतका स्वराजीहरुको सहयोगमा पूर्व कृषि मन्त्री माननीय बसन्त कुशवाहा, माननीय अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए महासचिव डा. श्याम महतोको सहभागितामा करिब १ बिघा धान रोपाइँ सम्पन्न भएको छ ।
निवर्तमान कृषि मन्त्री ईन्जिनियर वसन्त कुशवाहाले मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता भएको बताए । खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन मन्त्री कुशवाहाले जोड दिए ।