सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्यु
डोटी : सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्यु भएको छ।
जिल्लाको केआईसिंह गाउँपालिका-४ की ७२ वर्षीया निरन्जना देवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए।
घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेका बेला बिहीबार दिउँसो सर्प आएर भट्टलाई टोकेको बताइएको छ।
भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा उनको बेलुका करिब साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।