बागमतीमा विपदबाट प्रभावित किसानलाई राहत वितरण

बागमतीमा विपदबाट प्रभावित किसानलाई राहत वितरण

हेटौंडा : बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा मत्स्य क्षेत्रमा प्रतिकूल असर पार्ने प्राकृतिक र गैरप्राकृतिक विपदबाट प्रभावित किसानलाई राहत उपलब्ध गराएको छ।
 
आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम विपदबाट प्रभावित ४१ किसानलाई गरी कूल १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैयाँ राहत वितरण गरिएको मन्त्रालयका सचिव डा शरण कुमार पाण्डेले जानकारी दिए। 

मन्त्रालयले गत वर्षको मंसिर २३ गते सार्वजनिक सूचनामार्फत् विपदबाट प्रभावित किसानहरूलाई राहतका लागि निवेदन दिन आह्वान गरेको थियो। किसानहरूले दिएको निवेदनमाथि कृषिमन्त्री डा राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको बैठकले निर्णय गरी राहत वितरण गरिएको हो। 

मन्त्रालयले काभ्रेको नोबेल कृषि फर्मलाई ५ लाख ७० हजार, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्मलाई ३६ हजार, दाजुभाइ एकीकृत बहुद्देश्यीय कृषि फर्मलाई ३५ हजार, गैरीगाउँ कृषि तथा पशुपन्छी फर्मलाई ८ लाख २० हजार, टिम भिजन एग्रिकल्चर फर्मलाई १० लाख, श्रेष्ठ बंगुर फर्मलाई ९ लाख ६० हजार, उन्नती हाम्रो बंगुर फर्मलाई १० लाख राहत प्रदान गरेको हो। 

यस्तै एसएस बंगुर माछा तथा कृषि फर्मलाई १० लाख, पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्रलाई १० लाख, गोपी पशुपन्छी फर्मलाई १० लाख, गौशाला कृषि फर्मलाई ८ लाख ७० हजार, न्यू कर्माचार्य एकीकृत फर्मलाई १० लाख, सिमलढाप कृषि व्यावसायिक फर्मलाई २ लाख, कुमार चेपाङलाई २ लाख, गुरुङ एकीकृत पशुपन्छी पालन तथा बंगुर फर्मलाई १ लाख ४० हजार, पौडेल एकीकृत पशुपन्छी मत्स्य तथा कृषि फर्मलाई ६ लाख २० हजार, सियाना महतोलाई १० हजार, सुकदेव धरेललाई १० हजार, सावित्रीकुमारी धरेललाई ६ हजार १ सय २० र दण्डपाडी दनैलाई ११ हजार १ सय ६० राहत रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै धादिङ कृषि फर्मलाई ३ लाख ८० हजार, एसआर बंगुर तथा पशुपन्छी फर्मलाई ७ लाख ३० हजार, पोकम कृषि बहुउद्देश्यीय प्रालिलाई १० लाख, त्रियोगा एग्रिकल्चर प्रालिलाई १० लाख, सुनाखरी पशुपालन तथा अर्गानिक तरकारी फर्मलाई १० लाख, मंगली नेपालीलाई १० हजार, रामबहादुर रोक्कालाई ४० हजार, एसएस पशु राँगा फर्म तथा माछापालन केन्द्रलाई १ लाख ३० हजार राहत रकम उपलब्ध गराइएको सचिव पाण्डेले बताए। 
  
उनका अनुसार एलिना बंगुर फर्मलाई ३ लाख ९० हजार, सिमलथली बाख्रा फर्मलाई १ लाख १३ हजार, कल्पना घिमिरेलाई १ लाख ३६ हजार ९ सय २०, अम्बिका खतिवडालाई १० हजार ८०, कृष्णप्रसाद दंगाललाई १० हजार ८०, कीर्तिमान श्रेष्ठलाई १७ हजार ६ सय ४०, प्रदिप थापा क्षेत्रीलाई ७५ हजार ६ सय, एकीकृत बस्ताकोटी कृषि फर्मलाई ४५ हजार १ सय ६०, अनुस्थ नर्सरी तथा व्यावसायिक तरकारी फर्मलाई ३० हजार २ सय ४०, पुष्पराज पराजुलीलाई १० हजार ८०,  मानबहादुर तामाङलाई १ लाख १० हजार र सन्देश महर्जनलाई २८ हजार रुपैयाँ  राहत उपलब्ध गराइएको हो। 

स्वीकृत रकम सम्बन्धित किसानकै खातामा पठाइसकिएको पाण्डेले बताए। मन्त्रालयले चालू आवमा राहत रकम वितरणको लागि राहत वितरण कार्यविधि २०७९ स्वीकृत गरेको थियो।  मन्त्रालयले  राहत वितरण कार्यलाई व्यवस्थित बनाउन पहिला दर्ता हुने निवेदनउपर पहिलो कारबाही गर्ने गरेको सूचना अधिकृत अनुप अधिकारीले बताए। उनका अनुसार हाल मन्त्रालयमा ६ वटा नयाँ निवेदन दर्ता भएका छन् भने ११ वटा निवेदनको कागजात चेकजाच सकेर निर्देशन समितिमा पेस हुने प्रक्रियामा रहेको छ।
 
मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमका लागि ५ करोड रुपैयाँ  विनियोजन गरेको छ।  चालू आवमा राहत नपाएका किसानलाई आगामी आर्थिक वर्षमा सम्बोधन गरिने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.