५० किलोमिटर दूरीको कोरा साइकिलिङ च्यालेन्ज
उदयपुर : टर्कीका भूकम्प पीडित सहयोगार्थ ‘गाईघाट कोरा साइक्लिनिङ च्यालेन्ज २०२३' हुने भएको छ।
त्रियुगा नगरपालिकाको सहयोग तथा उदयपुर साइक्लिनिङ संघको आयोजनामा असार ३० गते पाँचौ संस्करणको कोरा च्यालेन्ज गर्न लागिएको हो।
संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार यसपटकको कोरामा ५० दशमल ५० किलोमिटरको यात्रा तय गरिएको छ। सदरमुकाम गाईघाटबाट सुरु हुने कोरा त्रियुगा नगरपालिका मोतिगडा-वगाहा-देउरी-जलजले-चुहाडे-राजाबास हुँदै पुनः गाईघाटमै आइपुगेर टुंगिने गरी रुट मिलाइएको उनले बताए।
करिब ५ घण्टाको यात्रा हुने कोरामा त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका एक सय ५ जनाले सहभागिता जनाउने उनले बताए। उनले भने, ‘जिल्लाका सबै नगरपालिकामा साइक्लिनिङ गर्ने ठूलो संख्यामा छ, त्यसमा अझ युवा र बालबालिकाको आकर्षण बढ्दै गएको छ तर विविध समस्याले यस पटक सबैलाई कार्यक्रममा सहभागी गराउ सकिएन।'