आवश्यकता अनुसार संविधान संशोधन जरुरी छ : ओली

आवश्यकता अनुसार संविधान संशोधन जरुरी छ : ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसारको राज्यभन्दा पनि राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भने प्रमुख कुरा भएको बताए।

ओलीले देशको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रित संविधान जनताले चाहेको बताए। उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आए पनि यसमा अपूर्णदेखि आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए।

उनले भारत लगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकअनुसार संविधानको संशोधन हुनसक्ने बताए। 

ओलीले समग्रतामा मानवअधिकार पूर्तिहुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.