आफ्नो कोठाबाट बाहिर निस्कनेबित्तिाकै बिरामीले भनोस्– ‘कस्तो मजाको डाक्टर ! मलाई त साथीजस्तै व्यवहार गरे।’
अमेरिकन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनको तथ्यांक छ– अमेरिकामा मात्रै प्रत्येक वर्ष ३ सयदेखि ४ सय चिकित्सकले आत्महत्या गरिरहेका छन्। अरू सर्वसाधारणले गर्ने आत्महत्याको दरभन्दा यो दोब्बर हो।
आत्महत्या गर्ने सम्भावना साधारण मानिसमा भन्दा चिकित्सकहरूमा बढी हुने गरेको छ। पुरुष चिकित्सकको तुलनामा महिला चिकित्सकले आत्महत्या गर्ने सम्भावना दोब्बर हुने अध्ययनले देखाएको छ। कुन क्षेत्रका चिकित्सक आत्महत्याको बढी जोखिममा छन् भन्ने अध्ययनको अर्काे पाटो हो। उठाउन खोजिएको मूल सबाल चिकित्सकहरूको मानसिक स्वास्थ्यबारे हो।
मानसिक स्वास्थ्यको कुरा गर्दा शरीरबाट मनमा प्रवेश गर्छौं। अनि जटिल प्रश्न पैदा हुन्छ– आखिर सबथोक भएर पनि मानिस किन आत्महत्या गर्छन् ? अरूको समेत उपचारमा जुट्ने चिकित्सक नै बढी आत्महत्या गर्नेको पहिलो सूचीमा किन छन् ? संसारभर दिनहु“ भइरहेका आत्महत्याको तथ्यांक केलाउने हो भने थाहा हुन्छ– यो सुन्दर धर्ती छिट्टै मनोरोगीमय हुन गइरहेको छ। त्यसैले आजको सन्दर्भमा मनोविज्ञान चिकित्सा विज्ञानका लागि मात्र नभई सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ।
विशेषज्ञ चिकित्सकले मात्र नभई सबै चिकित्सकलाई मनोविज्ञानको आधारभूत ज्ञान हुनु आवश्यक छ। सिग्मन्ड फ्रायडले मनोविज्ञानको दुनिया“मा एउटा उच्च उडान भरे। त्यसबाटै मनोविज्ञानको आधुनिक युग विस्तार भयो। आज संसारभर मनोविज्ञानका विज्ञहरूले विभिन्न अनुसन्धान गर्दै आएका छन्। मनोविज्ञान बुझ्नु र बुझाउनु हरेकका लागि अहम् कार्य भएको छ। सामान्य बुझाइमा मनोविज्ञान भनेको मन अर्थात् दिमागले कसरी काम गर्छ भन्ने बानी व्यवहारको वैज्ञानिक अध्ययन हो। हाम्रो बुझाइमा ‘मन’ को अर्थ अमूर्त छ।
मन भनेको मस्तिष्क नै हो। मनोविज्ञानले मस्तिष्कका कामबारे अध्ययन गर्छ। यसले मानिसका आनीबानीको पनि व्याख्या विश्लेषण गर्छ। मनोविज्ञहरूले मानिसका संवेदना, विवेक, उत्प्रेरणा, व्यक्तित्व, अन्तरवैयक्तिक सम्बन्ध आदिका बारेमा पनि ज्ञान हासिल गरेका हुन्छन्। मनोविज्ञानले मानिसमा अन्तरनिहित तर उसलाई नै थाहा नभएका अनेकौं विषयवस्तुमाथि अध्ययन गर्छ। मानिसका इच्छा असीमित छन् र त्यसलाई पूरा गर्ने स्रोतसाधान सीमित। यी दुईबीच कहिल्यै तादात्म्य छैन। यसैले मानिस मनोरोगी भएका छन्। त्यो समस्या चिकित्सकमा पनि छ। मनमा उत्पन्न हुने अनेक इच्छा, आकांक्षा व्यवस्थापन गर्न नसक्दा उनीहरू मनोविकारबाट ग्रस्त छन्। त्यसमाथि दिनहु“ रोगीहरूको सम्पर्कमा रहनुपर्ने भएकाले चिकित्सकहरूमा त्यसको पनि प्रभाव पनि परिरहेको हुन्छ।
चिकित्सकले जुनसुकै समुदाय, संस्कृति र परिवेशका बिरामी जा“च गर्नुपर्छ। कतिपय अवस्थामा उनीहरूको रोग खुट्याउनभन्दा पनि मनोविज्ञान बुझ्न कठिन हुन्छ। बिरामीको मनोविज्ञान बुझ्न सकिएन भने उपचार प्रभावकारी हु“दैन। मनोविज्ञानका आधारभूत अवधारणा थाहा पाइराख्ने हो भने बिरामीसँग मात्र नभई जोसुकैसित व्यवहार गर्न सजिलो हुन्छ। रोग जेसुकै लागेको भए पनि एउटा चिकित्सकले उपचार सुरु गर्नुअघि बिरामी कुन मानसिक स्थितिबाट गुज्रिइरहेको छ भनेर बुझ्नु आवश्यक हुन्छ। उपचार भन्ने काम नै परजीवी प्राणीजस्तो छ। यो सधैं अरूमै नै निर्भर पर्छ।
चिकित्सक जतिसुकै विज्ञ भए पनि उपचारका लागि बिरामीकै अनुभव र अभिव्यक्तिहरूमा भर पर्नुपर्छ। जबसम्म बिरामीले सहयोग गर्दैन, उपचारको आधारै तयार हु“दैन। त्यसैले चिकित्सक मनोविज्ञानको सहाराले बिरामीको मनभित्र पस्न सक्नुपर्छ। त्यसपछि मात्र चिकित्सकको प्रभाव हुन्छ। हामीमध्येका कैयन् चिकित्सक भन्ने वा सुन्ने गर्छौं– मैले कति सम्झाए“ तर त्यो बिरामीले नगर्नु भनेकै काम गरेछ। आखिर किन बिरामी चिकित्सकले भनेको मान्दैनन् ? किनभने सबै चिकित्सक बिरामीको मनोविज्ञान राम्ररी बुझेर सल्लाह दिन जान्दैनन्। चिकित्सकले बिरामीको मनोविज्ञान सही ढंगले बुझ्न सकेको अवस्थामा मात्र उसले कुन कुरा मान्छ र कुन मान्दैन भन्ने पहिल्यै थाहा हुन्छ।
कतिपय अवस्थामा चिकित्सकले बिरामीको मनोविज्ञान नबुझी भन्न नहुने कुराहरू भनिदि“दा बिरामीमा विभिन्न समस्या आइपर्छन्। बिरामीको मनोविज्ञान बुझ्न उसको परिवेश बुझ्नुपर्छ। गाउ“, सहर, जाति, धर्म, लिंग, समाज, पेसा, शिक्षाजस्ता कुराले पनि बिरामीको मनोविज्ञानमा असर पारिरहेको हुन्छ। एउटा गाउ“बाट आएको बिरामीमा दैविक शक्तिमाथि बढी विश्वास हुन सक्छ। त्यस्तो बिरामीलाई हामी भन्न सक्छौं– लौ अब यो औषधि खानुस्, मन हलुका भएको अनुभव गर्नुहोस्। तपाईंमाथि देवीदेवताको पनि आशीर्वाद छ। त्यसैले छिट्टै निको हुनु हुनेछ।’ यसरी दिइएको औषधि उपचार बिरामीमा अवश्य प्रभावकारी हुन्छ। किनभने बिरामीका लागि औषधिको जति महत्त्व छ, उत्तिकै महत्त्व विश्वासको हुन्छ। भरोसाभन्दा ठूलो चिकित्सक अरू के हुन सक्छ ?
जुन चिकित्सकले बिरामीको मनोभाव राम्ररी बुझ्न सक्छ, ऊसँग बिरामीको सम्बन्ध राम्रो हुन्छ। जबसम्म बिरामीले चिकित्सकलाई विश्वासयोग्य ठान्दैन, सबै समस्या बताउन चाह“दैन। चिकित्सकले बिरामीका सबै कुरा थाहा नपाएसम्म उचित उपचार गर्न सक्दैन। त्यसैले चिकित्सक–बिरामीको सम्बन्ध पनि उपचारकै एक प्रक्रिया हो जुन एकअर्काको मनोविज्ञानमा आधारित हुन्छ। समयको पाबन्दी र बिरामीको अवस्था हेरेर बिरामीका अतिरिक्त उसको घरपरिवारबारे पनि बुझ्ने यत्न गर्नुपर्छ। यसो गर्दा बिरामीले अपनत्व महसुस गर्छ। ऊ चिकित्सकसँग मानसिक रूपमा नजिक हुन्छ। त्यसो भयो भने उपचार झनै सहज र प्रभावकारी हुन सक्छ।
तर कुनै बिरामीलाई स्वास्थ्यसँग सरोकार नरहेका आफ्ना निजी र पारिवारिक कुराहरू भन्न मन छैन भने कर गर्नु हु“दैन। चिकित्सकले बिरामीसँग सम्बन्धविस्तार गर्दा एउटै उद्देश्य हुनुपर्छ– बिरामीका स्वास्थ्य समस्याको स्थायी समाधान। त्यसभन्दा पर उसको अरू कुनै स्वार्थ हुनु हुन्न। आफ्ना प्रश्नहरूले उसलाई झर्काे लागिरहेको त छैन भन्ने पक्षलाई पनि ख्याल राख्नुपर्छ। आफ्नो कोठाबाट बाहिर निस्कनेबित्तिकै बिरामीले भनोस्– ‘कस्तो मजाको डाक्टर। मलाई त साथीजस्तै व्यवहार गरे।’
- डा. रिजालको पुस्तक ‘सेतो कोट’बाट ।