प्रदेश र स्थानीय सरकारको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन

प्रदेश र स्थानीय सरकारको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन

उदयपुर : एकल महिलाका क्रियाकलापमा सघाउ पुर्‍याउन उदयपुरको सदरमुकाम गाईघाटमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। 

    
कोसी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, त्रियुगा नगरपालिका, गाईघाट एकल महिला समूह र वडा नम्बर ११ को सहकार्यमा ७ लाख ३७ हजार ५ सयको लागतमा खाद्यान्न तथा किरानाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो। 
    
पसल व्यवस्थापक तथा अध्यक्ष सानुमैया कार्कीका अनुसार मन्त्रालयले उपलब्ध गराएको ५ लाखमध्ये ३ लाख ५० हजार, नगरपालिकाको २ लाख र गाईघाट एकल महिला समूहको १ लाख ८७ हजार ५ सय बिउपुँजीका रूपमा रहने छ। बाँकी मन्त्रालयले उपलब्ध गराएको १ लाख ५० हजार उद्यमशीलता तालिम सञ्चालन गरी उद्यमी उत्पादन गरिएको उनले बताइन्। 
    
सुपथ मूल्य पसलको उद्घाटन गर्दै कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभइरहेको अवस्थामा यस्ता कृयाकलापले थोरै भए पनि आर्थिक समृद्धीको यात्रामा सघाउ पुर्‍याउने बताइन्।
    
उनले भनिन्, ‘अहिले पनि एकल महिलालाई विभिन्न लाञ्छना लगाएर चौघेरामा राख्ने र केही गर्न नदिने परम्परा र संस्कार छ। त्यसले अझ उनीहरू आर्थिक रूपले  समस्यामा छन्। यसलाई सघाउ पुर्‍याउन उद्यमी र व्यवसायी बनाउन जरुर छ। मुलुक परिवर्तनका लागि विभिन्न कालखण्डमा ज्यान गुमाएका महान पुरुषको स्मरण गर्दै उनले भनिन्, ‘घरको गर्जो टार्ने अभिभावक समय नपुग्दै गुमाउनु पर्‍यो, केही गरौं भन्दा समाजले देखिसहँदैन, त्यसैले जुन पसल सञ्चालन गर्ने तपाईंहरूले क्रान्तिकारी हिम्मत गर्नु भएको छ, म सम्मान गर्न चाहान्छु।'
    
प्रदेश सांसद गितादेवी रेग्मीले एकल महिलाको जीवनस्तर उकास्ने गरी सिप विकास र आयआर्जनका कार्यक्रम ल्याउनुपर्ने बताइन्। उनले भनिन्, ‘यो तपाईंहरूले गरेको एउटा क्रान्तिकारी कदम हो, अब तपाईंहरू एक्लै छु भन्ने कहिले फिल नगर्नुस् तपाईंहरूको साथमा सधैं हामी छौं।' 
    
त्रियुगा नगरपालिका-११ स्थित एकल महिला समूहमा आवद्ध रहेकाहरूको व्यवसायतर्फको आकर्षण बढाउन र आर्थिकस्तरमा सुधार ल्याउने उद्देश्यले सरकारसँगको साझेदारीमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको एकल महिला जिल्ला सञ्जालका अध्यक्ष शोभा दाहालले बताइन्। 
    
उनका अनुसार तरकारी बजार क्षेत्रमा सञ्चालनमा ल्याइएको पसलमा दैनिक उपभोग्य सामग्रीहरू राखिएका छन्। ‘अन्य पसलको तुलनामा सामग्रीहरू सस्तो र सुपथ मूल्यमा पाइने छ,' उनले भनिन्, ‘हामीले खरिद गरेको मूल्यको निश्चित प्रतिशत मुनाफा राखेर सामानहरू उपभोक्तालाई उपलब्ध गराउँछौं।' 

कम्प्युटर प्रणालीमा स्रेस्ता राखिएको पसलमा दुई जना कर्मचारी रहने छन्। यसबाट आएको आम्दानीले एकल महिलाकै आयस्तर वृद्धि हुने अन्य कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष दाहालले बताइन्। मन्त्रालयले उपलब्ध गराएको ३ लाख ५० हजार बिउपुँजी तीन वर्षपछि अर्को वडाका एकल महिलाका गतिविधिमा उपलब्ध गराइने बताइन्। 

व्यवस्थापक कार्कीका अनुसार वडा कार्यालयबाट पसल घेराबारमा एक लाख सहयोग र चार वर्षसम्म सटरको भाँडा निःशुल्क उपलब्ध हुने प्रतिबद्धता रहेको छ। 

उनले पसलको निरन्तरतासँगै उपभोक्ताले खोजे अनुसारको सामग्रीहरू उपलब्ध गराउने गरी व्यवसायलाई वृद्धि गरिने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.