कृषि र पशुपालनमा आत्मनिर्भर बन्दै

कृषि र पशुपालनमा आत्मनिर्भर बन्दै
सुन्नुहोस्

उदयपुर : कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले चालु आर्थिक वर्षमा सञ्चालन गरेका किसान लक्षित कार्यक्रम सन्तोषजनक पाइएको छ। 

दुवै कार्यालयले अनुदानमा आधारित सञ्चालित कार्यक्रमको कोसी प्रदेशसभा सदस्य नारायणबहादुर बुर्जामगर र गितादेवी रेग्मीको नेतृत्वमा गएको अनुगमन टोलीले यस्तो निष्कर्ष निकालेको हो। 
    

टोलीले बेलका नगनरपालिका-२ भागलपुरस्थित धानवाली प्रवर्द्धन कार्यक्रम, कृषि बजार संकलन केन्द्र, माछा फर्म, बोयर बाख्रा फर्ममा अनुगमन गरेको थियो। 

कार्यालयले ५० प्रतिशत अनुदानमा औजार सामाग्री (थ्रेसर, रोडाबेटर, पम्पिसेट, रिफर मेसिन, विद्युतीय तार, झार गोड्ने मेसिन) धानको बीउ (हल्दिनाथ, कालो मंनसुली), बोयर बोका, माछा पालनका लागि पोखरी निर्माणमा सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख योगेन्द्र यादवले बताए। 

त्यसैगरी प्रदेश सरकारले बेलका नपा १ मा उपलब्ध गराएको जानकी दुग्ध डेरी फर्मको चिलिमभ्याट, चौदण्डिगढी नगरपालिका–३ आमसालस्थित एलिजा बंगुर फर्म लगायतका व्यक्तिहरूको बंगुर फर्म, बिरेन्द्रचौकस्थित सात कठ्ठा जग्गामा लगाइएको ड्रागन खेती, माछापालन फर्मको अनुगमन गरिएको छ। 

त्यस्तै मुख्यराजमार्ग लक्षित त्रियुगा नगरपालिका ३ स्थित खड्गबहादुर सिंह ठकुरीले सञ्चालन गरेको दिया कृषि तथा पशुपालन फर्मलाई तरकारी उत्पादनमा उपलब्ध गराइएको मिनिटेलर, स्प्रे, डिजिटल तराजु, क्रेट लगायत  सामाग्री प्रयोग भए नभएको अनुगमन गरिएको छ। 

कृषि कार्यक्रमको अनुगमन गर्दै प्रदेससभा सदस्य बुर्जा मगरले सञ्चालित कार्यक्रम सन्तोषजनक रहेको बताएका छन्। उनले आगामी दिनमा अझ प्रतिफल निस्कने गरी कार्यक्रम सञ्चालन गर्न सम्बन्धित कार्यालय र किसानहरूलाई आग्रह गरे। 

प्रदेससभा सदस्य रेग्मीले किसानको जीवनस्तर उकास्ने गरी कार्यक्रम सञ्चालन भएको बताइन्। उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै कृषिको दिगोपना दिन आग्रह गरिन्। अनुगमन टोलीमा सम्बन्धित जिल्लास्थित सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

टोलीले उदयपुर जिल्ला कृषि र पशुपालनका क्षेत्रमा आत्मनिर्भरतर्फ अग्रसर भएको बताए। उनीहरूले अनुदान मागेर ठगी खानेभन्दा पनि कृषि पेसालाई निरन्तरता दिने खालका लक्षित समुदायलाई कार्यक्रम दिन सके मात्र प्रतिफल निस्कने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.