प्री ओपन सेसन : नेप्से परिसूचक करिब १ अंकले बढ्यो
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। नेप्से परिसूचक ०.७४ अंकले बढेर २०८५.६७ विन्दुमा अडिएको हो।
यो सेसनमा ७ कम्पनीको ४५० कित्ता सेयर ९४ हजार १४२ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका ४ कम्पनीको मूल्य बढ्यो भने १ को घट्यो।