भारतले दियो मुस्ताङको लोघेकरलाई बस र एम्बुलेन्स

भारतले दियो मुस्ताङको लोघेकरलाई बस र एम्बुलेन्स

जोमसोम : काठमाडौंस्थित भारतीय राजदूतावासले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई आइतबार एक/एक थान स्कुल बस र एम्बुलेन्स उपलब्ध गराएको छ। 

राजदूतावासको कार्यालयमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई बस र एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)र गाउँपालिकाकी स्वास्थ्य संयोजक पासाङ ढोमा गुरुङलाई बस र एम्बुलेन्सको चावी हस्तान्तरण गरे।

लोघेकर दामोदरकुण्ड-२ घमी आधारभूत विद्यालयका लागि स्कुल बस र लोघेकर दामोदरकुण्ड-१ को चराङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको हो। 

पालिकाले गरेको सिफारिसका आधारमा भारतीय दूतावासले बस र एम्बुलेन्स  सहयोग गरेको अध्यक्ष बिष्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.