मधेस प्रदेशमा एक वर्षमा ६ हजार १५६ महिलाले गराए गर्भपतन
वीरगन्ज : मधेस प्रदेशमा एक वर्षमा ६ हजार १५६ जना महिलाले औषधि सेवन तथा शल्यक्रिया गराएर सुरक्षित गर्भपतन गराएका छन्।
आइतबार वीरगन्जमा आयोजित सुरक्षित गर्भपतनबारे सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चालू आर्थिक वर्षमा मधेस प्रदेशमा ६ हजार १५६ जना महिलाले औषधिको प्रयोग र शल्यक्रिया गरेर सुरक्षित गर्भपतन बारे जानकारी गराइएको हो।
चालू आर्थिक वर्षमा २० वर्षमुनिका ७ सय १२ जना युवतीले सुरक्षित गर्भपतन गराएका छन्। तीमध्ये २ सय ८१ युवतीले औषधि सेवन गरी र ४ सय ३१ जना युवतीले शल्यक्रियाबाट गर्भपतन गराएका हुन्।
यस्तै मधेस प्रदेशमा २० वर्षभन्दा माथिका ४ हजार ६० जना महिलाले भने औषधि सेवन गरेर तथा २० वर्ष माथिका १ हजार ३८४ महिलाले शल्यक्रिया मार्फत सुरक्षित गर्भपतन गराएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।