नहरमा उद्धार गर्न गएका युवकको डुबेर मृत्यु

नहरमा उद्धार गर्न गएका युवकको डुबेर मृत्यु

टीकापुर : राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको लम्की नहर खण्डमा डुबेर एक युवकको ज्यान गएको छ। 

लम्कीचुहा नगरपालिका-६ तिल्काका १७ वर्षीय योगेश चलाउनेको नहरमा डुबेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय मोतिपुरले दिएको जानकारी अनुसार स्थानीय १० वर्षीय गणेश चलाउने नहरमा नुहाउँदै गर्दा डुबेपछि उनलाई उद्धार गर्न गएका योगेशको नहरमै डुबेर ज्यान गएको हो। 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले आज दिउँसो झण्डै ४ बजेको समयमा गणेशलाई बचाउन गएका योगेशको नहरमै डुबेर ज्यान गएको बताए। 

प्रायः पानीको हाहाकार हुने सो क्षेत्रमा कर्णाली नदीको पानी आयोजनामार्फत् जान थालेपछि स्थानीयहरू नहरमा नुहाउँदै आएका थिए। प्रहरी निरीक्षक खड्काले आफ्ना नानीबाबुलाई नहरमा नुहाउन नदिन अभिभावकहरूलाई आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.