साँगुरीगढी गाउँपालिकामा भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई निस्सा वितरण सुरु

साँगुरीगढी गाउँपालिकामा भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई निस्सा वितरण सुरु
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका भरिका भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई लाजपुर्जा वितरणका गर्नका लागि निस्सा प्रदान सुरु गरिएको छ। 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिका भरिका ३९ घरपरिवारलाई भूमिहीन सुकुम्वासी तथा दलितहरू लालपूर्जा वितरण गर्नका लागि निस्सा प्रदान सुरु गरेको हो। 

मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच पालिका अध्यक्ष जितेन्द्र राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष बलबहादुर राईसहित सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, वडाध्यक्षहरूको रोहवरमा ३० घरपरिवारलाई निस्सा वितरण गरिएको थियो। 

निस्सा वितरण गरिएको कुल ३९ घरपरिवार मध्ये १० घरपरिवार भूमिहीन दलित र बाँकी २९ घरपरिवार सुकुम्वासी भूमिहीन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। उनका अनुसार निस्सा वितरण भएसँगै लालपूर्जा प्राप्तिको प्रक्रिया सुरु भएको छ। 

null

गाउँपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर भूमिहीन सुकुम्वासी तथा दलितहरूको लगत संकलन गरेको थियो। वडा सचिवमार्फत रुजु र कम्प्युटर इन्ट्रिको काम गरिएको थियो। त्यसपछि लगत संकलनबाट प्राप्त नामावलीलाई राष्ट्रिय भूमि आयोगको निर्देशिका अनुसार कार्यपालिका वैठकले भूउपयोग स्वीकृत गरेर प्रमाणीकरण गरी ४६ जनाको नाम आयोगमा बुझाइएको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले बताए। 

उनका अनुसार ४६ जनाको नाम बुझाइए पनि ३९ बाहेक सात जनाका नाममा जग्गा देखिएपछि सूचीबाट हटाइएको थियो। राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष बलबहादुर राईले निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.