पोखरेलको सुझाव : कांग्रेसबारे फैलिएका भ्रम चिर्नैपर्छ, नयाँ पुस्तालाई अभियानमा समेटौं

पोखरेलको सुझाव : कांग्रेसबारे फैलिएका भ्रम चिर्नैपर्छ, नयाँ पुस्तालाई अभियानमा समेटौं

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबारे फैलिएका भ्रमहरू समयमै चिर्नुपर्ने बताएका छन्। बुधबार जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्ताव र प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै नेता पोखरेलले पार्टीबारे जनतामा फैलाइएका भ्रम समयमै चिर्न आवश्यक रहेको बताएका हुन्।

'आज एकप्रकारको नेगेटिभिटी देखिएको छ। सबैचिज गयो। अहिले कुनै पनि मिडियामा गयो भने नेपाली कांग्रेसका सबै नेता खतम। कांग्रेस खतम। अर्को पार्टी खतम। मु्लुक डुब्यो। यो टाइपको प्रचार सामाजिक सञ्चालबाट जुन आममानिसमा प्रभाव फैलिरहेको छ,'उनले भने,' यसलाई हामीले चिर्नपर्छ। '

यसका लागि सभापति शेरबहादुर देउवाले नेतृत्वदायी भूमिका उनको भनाइ छ। उनले ६२/६३ पछि आएको नयाँ पुस्तालाई पनि पार्टीको अभियानमा समेट्नुपर्ने बताए।

बैठक मंगलबारदेखि सुरू भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरूले मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेका एजेन्डामाथि आ-आफ्नो धारणा राखिरहेका छन्।

बैठकमा महामन्त्री गगनकुमार थापाले सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत गरेका  थिए।  कांग्रेस केन्द्रीय समिति बैठक करिब १ वर्षपछि बसेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.