१४ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी शेरचन ८ वर्षपछि पक्राउ

१४ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी शेरचन ८ वर्षपछि पक्राउ
सुन्नुहोस्

जोमसोम : सर्वोच्च अदालतले १४ वर्ष कैद फैसला गरेको एक व्यक्ति मंगलबार काठमाडौंको गोकर्णेश्वर-८ अत्तरखेलबाट पक्राउ परेका छन्। 

सर्वोच्च अदालतबाट ५ भदौ २०७२ सालमा १४ वर्ष कैद सजाय तोकिएका थासाङ गाउँपालिका-२ मुस्ताङ घरभई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचन ८ वर्षपछि पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र मुस्ताङ प्रहरीको समन्वयमा कर्तव्य ज्यानका प्रतिवादी शेरचनलाई पक्राउ गरिएको हो। अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार राधा पुनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सम्राट शेरचनसमेत भएको कर्तव्य ज्यान (२०६६ साल ) को फौजदारी मुद्दामा मुस्ताङ जिल्ला अदालतले २७ माघ २०६७ सालमा प्रतिवादी शेरचनलाई १६ महिनाको कैद सजाय सुनाएको थियो।

सो फैसला उपर पुनरावेदन अदालत बाग्लुङबाट प्रतिवादी शेरचनको हकमा जिल्ला अदालत मुस्ताङको यसअघिको फैसला उल्टी भई १ भदौ २०७२ सालमा प्रतिवादी शेरचनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो।

पुनरावेदन अदाललतको फैसलापछि उक्त कर्तव्य ज्यानको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.