दुई दसकदेखि फरार आरोपित पक्राउपछि जेल चलान
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीले २२ वर्ष र १८ वर्षदेखि फरार दुई जना प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ। कर्तब्य ज्यान मुद्दाका आरोपित भीरकोटका जमूना अर्याल २२ वर्षपछि पक्राउ परिन्।
त्यसैगरी सवारी ज्यान मुद्दाका आरोपित विरुवा गाउँपालिकाका दुर्गाबहादुर गुरुङ १८ वर्षपछि पक्राउ परेका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।
गुरुङ्लाई २०६२ सालमा १ वर्ष ११ महिना ९ दिन कैद तोकिएको थियो भने अर्याललाई २०५८ सालमा ४ वर्ष ११ महिना १० दिन कैद तोकिएको थियो।
अदालतबाट कैद सजाए तोकिएपछि फरार रहेका उनीहरू दुवै जनालाई प्रहरी टोलीले पक्राउगरी मंगलबार जिल्ला अदालत स्याङ्जामार्फत् कारागार शाखा चलान गरिएको निमित्त प्रहरी प्रवक्ता पदमराज थापाले जानकारी दिए।
गोप्य सूचनाका आधारमा उनीहरू घरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।