पशुपति प्लाई उद्योग रातभर नचलाउन सर्वोच्चको अन्तरिम आदेश

पशुपति प्लाई उद्योग रातभर नचलाउन सर्वोच्चको अन्तरिम आदेश
सुन्नुहोस्

ढल्केवर (धनुषा) : धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा सञ्चालित पशुपति प्लाईबोर्ड उद्योग रातिको समयमा नचलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले उद्योग सञ्चालन कार्य बेलुका ८ बजे देखि बिहान ४ बजेसम्म नगर्नु नगराउन भन्दै विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो।

पशुपति प्लाईबोर्ड उद्योगले प्रदूषण फैलाएर बस्तीलाई नै जोखिममा पारेको भन्दै स्थानीय तेजनारायण साहले दर्ता गराएको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। त्यस्तै बेलुका ८ बजेदेखि विहान ४ बजेसम्म उद्योग सञ्चालनमा रोकसमेत लगाएको छ।

'उद्योग सञ्चालनबाट वातावरणीय प्रदूषण हुन गएको भन्ने देखिँदा वातावरण प्रदूषण तत्काल नियन्त्रण गर्न वाञ्छनीय देखिएकाले नेपाल सरकारले लागू गरेको ध्वनी मापदण्ड तथा वायु तथा ध्वनी प्रदूषण मापदण्डको सीमाभन्दा बढी प्रदूषण हुन नदिनु, उद्योग सञ्चालन कार्य बेलुका ८ बजे देखि बिहान ४ बजेसम्म नगर्नु नगराउनु, उद्योगबाट निस्कने रसायनयुक्त पदार्थ सार्वजनिक स्थानको पानीमा मिसाउने वा उत्सर्जन गर्ने कार्य नगर्नु नगराउनु भनी निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) वमोजिम प्रत्यर्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ,' आदेशमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.