सेयर बजारमा सामान्य करेक्सन, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.३१ अंकले घटेको छ। नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा पु्गेको हो।
बजार घटेपनि आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विशाल बजार कम्पनी र लिवर्टी इनर्जी कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड मूल्य बढिको सेयर कारोबार भयो। आज ८ कम्पनीको मूल्य घट्दा ७ को मात्रै बढ्यो।