पाँच दिनदेखि बन्चरेडाँडामा रोकिए फोहोरका सयौं गाडी

पाँच दिनदेखि बन्चरेडाँडामा रोकिए फोहोरका सयौं गाडी
फाइल तस्बिर

काठमाडौं : उपत्यकाको फोहोर बोकेर बन्चरेडाँडा गएका सयौ फोहोरका गाडी रोकिएका छन्। ५ दिनदेखि स्थानीयले फोहोर फाल्न नदिने भन्दै बाटो बन्द गराएका छन्। 

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार फोहोरको मात्रा निकै बढेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्। उनीहरूले ५ दिनदेखि फोहोरको गाडी रोकेका छन्। 

उनले भने, 'सहमतिका लागि वार्ताको प्रयास भइरहेको छ। पूर्व सहमति अनुसार नै महानगरले काम गरिरहेको छ। बस्ती हटाउने र मुआब्जा दिने काम आजको भोलि सकिने पनि त हैन। २०० मिटर सडकमा पिच गर्न बाकी छ।'

ककनी गाउँपालिकाका प्रमु्ख सुमन तामाङका अनुसार एक वर्षअघि भएको सम्झौता हालसम्म कार्यान्वयन नभएकाले अवरोध गरिएको हो। उनले भने, ‘सहमति पूरा नहुँदासम्म बन्चरेडाडामा फोहोर फाल्न पाइने छैन। विभिन्न बहानामा वर्षौदेखि उपत्यकाको फोहोर हामीले व्यवस्थापन गरिदिनुपर्ने। दीर्घकालीन समाधान निकाल्नुपर्छ।'

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहोरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर फाल्न नदिने बताएका छन्। नजिकका बस्ती हटाउने र जग्गाको उचित मुआब्जा दिनुपर्ने उनीहरूको माग छ। 

स्थानीयवासीको अवरोधकै कारण यसअघि पनि पटक पटक रोकिएको काठमाडौं उपत्यकाको फोहोरको अन्तिम व्यवस्थापन कार्य आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ। सहमति भएको एक वर्षसम्म पनि माग पूरा नभएको भन्दै उनीहरूले अवरोधको विकल्प नभएको बताएका छन्। 

काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनील लम्सालका अनुसार महानगर एक्लैले बन्चरेडाँडाको समस्सा समाधान गर्न नसक्ने बताए। उनले भने, 'फोहोरको डम्पिङ साइट वरपरको तीन हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ। जुन महानगर एक्लैले गर्न सक्दैन।' महानगरका अनुसार उपत्यकाबाट दैनिक ३०० गाडी फोहोर बन्चरेडाँडामा लैजाने गरेको छ। 

यसैबीच फोहोरको समस्या समाधान गर्न बुधबार सरोकारवाला निकाय र सहरी विकास मन्त्रीबीच वार्ता भएको छ। महानगरको उपस्थिति नभएको भन्दै उक्त वार्ता टुंगोमा पुग्न सकेन। बिहीबार पनि सहमति गर्ने प्रयास गरिएको थियो। तर स्थानीयवासीको माग थपिँदै जाँदा पूरा गर्न नसकिएको वातावरण व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.