कांग्रेस बैठकमा गुटकै लफडा

कांग्रेस बैठकमा गुटकै लफडा
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश नेताहरू सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा भन्दा गुट, उपगुटका विषयमा बढी केन्द्रित देखिएका छन्। अधिकांश बोल्ने नेताको विषय गुटप्रति नै लक्षित देखिने गरेको छ। बैठकको तेस्रो दिन बिहीबार पनि यस्तै दृश्य देखियो। नागरिकका तत्कालीन चासोका विषय किनारमै रहे।

अधिकांश केन्द्रीय सदस्यहरूले प्रदेशमा पार्टी नेतृत्वमै सरकार रहेको, स्थानीय तहको प्रतिनिधित्वमा पनि देशभर पार्टी बलियो हुँदाहुँदै जनतालाई कांग्रेसले कुनै आभाष दिन नसकेको आरोप लगाएका छन्। मंगलबारदेखि सुरु भएको बैठकमा नेताहरूले कोही सभापतिको गुणगान त कोही महामन्त्रीहरूका गुणगान गाउनमै अभ्यस्त देखिन्छन्। अधिकांशले महामन्त्री थापाले बैठकमा पेस गरेको वर्ष क्यालेन्डर उत्कृष्ट भए तापनि कार्यान्वयनमा सकस हुने प्रतिक्रिया दिएका छन्।

बिहीबारको बैठकमा कोसीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य उद्धव थापाले बुधबारको बैठकमा अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले बोलेको अभिव्यक्तिमा खण्डन गरेका थिए। बुढाथोकीले प्रदेश १ को नामकरणमा पार्टीले भूमिका नखेलेको गुनासो गरेका थिए। बिहीबार मुख्यमन्त्रीसमेत रहेका उद्घव थापाले भने पार्टी र सरकारको आलोचना गरेको भन्दै बुढाथोकीलाई एमालेका हिक्मत कार्र्कीलाई मुख्यमन्त्री मान्न चुनौती दिए।

बैठकमा सभापति देउवाको अहिले बैठक प्रत्यक्ष प्रसारण गरेकोमा प्रशंसा गर्न भ्याएका छन् भने केही महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि खुलेरै विरोधमा उत्रिएका छन्। केन्द्रीय सदस्य प्रकाश रसाइलीले गुटबन्दीले गर्दा पार्टीमा जनताको नकारात्मक छाप बढेको बताए। उनले ‘गुटबन्दी बन्द गर्नुहोस्। अहिले पछिल्लो समय शेखर दाई र सभापतिजीको मेलमिलापले पनि सकारात्मक मेसेज प्रवाह भएको छ।’
 
गण्डकीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले भने महामन्त्री थापालाई तोकेरे नकारात्मक भ्रम फैलाउन बन्द गर्न अनुरोध गर्दै भने, ‘पार्र्टीका बारेमा नै नकारात्मक भ्रम फैलाउने काम पार्र्टीका नेताहरूबाट नहोस्। जे–जे भए पनि हामी सबै एकै डुंगामा छौँ। डुंगा डुब्दा सबै एकैपटक डुब्छौं। शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छु सिंगो कांग्रेस डुब्छ।’ अर्की सदस्य गोमा भट्टराईले विधानअनुसार निर्वाचित सभापतिलाई काम गर्न दिनुपर्ने भन्दै अगाडि भनिन्, ‘जसलाई नेतृत्व सुम्पेको छौँ, विधानअनुसार सभापति चयन गरेको छौँ, उहाँलाई काम गर्न दिनुहोस्। सभापतिको विकल्प छैन। उहाँनै हाम्रो सभापति हो। पार्टीलाई बाहिर बदनाम् गर्दै हिँड्ने काम कसैबाट नहोस्।’
 
गण्डकीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले भने महामन्त्री थापालाई तोकेरे नकारात्मक भ्रम फैलाउन बन्द गर्न अनुरोध गर्दै भने, ‘पार्र्टीका बारेमा नै नकारात्मक भ्रम फैलाउने काम पार्र्टीका नेताहरूबाट नहोस्। जे–जे भए पनि हामी सबै एकै डुंगामा छौँ। डुंगा डुब्दा सबै एकैपटक डुब्छौं। शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छु सिंगो कांग्रेस डुब्छ।’ अर्की सदस्य गोमा भट्टराईले विधानअनुसार निर्वाचित सभापतिलाई काम गर्न दिनुपर्ने भन्दै अगाडि भनिन्, ‘जसलाई नेतृत्व सुम्पेको छौँ, विधानअनुसार सभापति चयन गरेको छौँ, उहाँलाई काम गर्न दिनुहोस्। सभापतिको विकल्प छैन। उहाँनै हाम्रो सभापति हो। पार्टीलाई बाहिर बदनाम् गर्दै हिँड्ने काम कसैबाट नहोस्।’

अर्का केन्द्रीय सदस्य राजीवविक्रम शाहले गुटको सिकार हुनुपरेको गुनासो गरेका थिए। उनले कांग्रेसको गुटबन्दीले गर्दा जनताले जति आभाष कांग्रेस सरकारमा हुँदा पाउनुपर्ने त्यो नपाएको उल्लेख गर्दै भने, ‘कम्युनिस्ट पार्र्र्टीको गढ मानिएको जिल्लाबाट दुई÷दुई पटक निर्वाचित भएको छु। तर, पनि म लगातार गुटको सिकार हुनुपरेको छ। कांग्रेस कहिले गुटबाट अन्त्य हुन्छ ? ’

भ्रष्टचारीको विषयमा विरोध र ढाकछोप दुवै

बैठकमा नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई कारबाही गर्ने नगर्ने विषयमा कांग्रेस विभाजित छ। यद्यपि सभापति देउवा भने अदालतमा बिचाराधिन रहेको विषयका बारेमा बोल्ने पक्षमा छैनन्। बिहीबारको बैठकमा केही केन्द्रीय सदस्यले खाँणको बचाउ गरेका छन् भने केहीले निलम्बनकै प्रस्ताव ल्याएका छन्। 

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले थुनामा रहेका खाँणबारे पार्र्टी बैठकले ठोस निर्णय लिन माग गर्दै भने, ‘कांग्रेस अहिले प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा एकजना वरिष्ठ नेता बालकृष्ण खाँणलाई थुनामा पठाएको छ। नक्कली शरणार्थी प्रकरणमा बालकृष्णलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकारबाट हट्नुपर्छ, होइन भने बालकृष्णलाई निलम्बन गरियोस्।’

यसैगरी अर्की केन्द्रीय सदस्य लक्ष्मी खतिवडा खाँणको बचाउमा उत्रिएकी थिइन् उनले भनेकी थिइन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ। किन, के कारणले धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन।’

अर्की केन्द्रीय सदस्य राधा घलेले, ‘आज एउटा नेतालाई, साथीलाई बिनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू संवेदनशील नहुनुे पार्र्टीकै एक नेतालाई दुःख पर्दा साथ दिन नसक्ने हो भने भोलि आफूलाई पर्दा सहयोग नपाइने कुरा सम्झिन पनि आग्रह गरिन्।’

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता राख्न सभापति देउवा समक्ष प्रस्ताव राखेका छन्। सभापति देउवाले अहिलेसम्म वरिष्ठ नेता राख्न सकेका छैनन्। आपूmसँग सभापतिमा प्रतिस्पर्धा गर्ने नेतालाई यसअघि वरिष्ठ नेताको पदमा राखिँदै आएको कांग्रेसमा अभ्यास छ। १४ औं महाधिवेशनमा सभापति देउवासँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई भने सभापति देउवाले २५ औं वरीयतामा राखेका छन्। 

कांग्रेसको विधानले वरिष्ठ नेतासम्बन्धी कुनै प्रावधान राखेको छैन। विधानमा कुनै प्रावधान नभए पनि केही केन्द्रीय सदस्यहरूले भने आफू निकटका नेतालाई वरिष्ठ नेता दिनुपर्ने माग गरिरहेका छन्। कांग्रेसको विधानमै नभएको वरिष्ठ नेता राख्न बिलम्ब भएको आवाज यतिबेला बैठकमा उठिरहेको छ। केन्द्रीय सदस्यहरूले वरिष्ठ नेता बनाउनुपर्ने भन्दै नेताहरू गोपालमान श्रेष्ठ र शेखर कोइरालाको नाम प्रस्ताव गरेका छन्। जसमध्ये श्रेष्ठ पार्र्टीको १५औं वरियतामा छन् भने कोइराला २५औं वरीयतामा छन्। 

बैठकमा केन्द्रीय सदस्य सीतादेवी देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेकी छन् भने। केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रकाश रसाइलीले नेता कोइरालाको पछिल्लो समयको कार्यशैलीको प्रशंसा गर्दै सभापतिसँगको कोइरालाको सहकार्यले पार्टीलाई सकारात्मक बनाएको बताएका छन्। 

अर्का केन्द्रीय सदस्य चन्द्रमोहन यादवले डा. शेखर कोइरालाई वरिष्ठ नेता बनाउनु पर्ने प्रस्ताव गरेका छन्। कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्र्टीमा समन्वय, समझदारी र सहकार्यका लागि थप सजिलो हुने नेताहरूको तर्क पनि छ। दुई साउनदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.