सुन तस्करीमा विना प्रमाण महराको नाम जोडियो : मन्त्री शर्मा
जनकपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा बिना प्रमाणका आधारमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम मुछिएको दावी गरेकी छन्।
शुक्रबार जनकपुर पुगेकी मन्त्री शर्माले पत्रकारसँग कुराकानी गर्दै सुन प्रकरणमा पार्टी उपाध्यक्ष महराको संलग्नता नरहेको स्पष्ट पारिन्।
उनले कुनै तथ्यमा नभएर गलत मनसायले उपाध्यक्षको नाम आएको जिकिर गरिन्।
'केही नामहरू आएको छ। तथ्यको आधारमा पनि छैन। इ- सिगरेटको कुरा। सुन तस्कारी गर्ने व्यापारीसँग सम्बन्ध भएको छ भन्ने कुरा बाहिर आएको छ,'उनले भने,' यसमा आधिकारिक तथ्य र प्रमाण छैन। इ- सिगरेटको विषयमा उहाँले स्पष्ट बताइसक्न भएको छ।'