लम्की स्किन संक्रमित गाईवस्तुलाई निःशुल्क उपचार

लम्की स्किन संक्रमित गाईवस्तुलाई निःशुल्क उपचार
सुन्नुहोस्

सिरहा : लम्की स्किन संक्रमित गाईवस्तुलाई लहान नगरपालिकाले निःशुल्क उपचार सेवा सुरु गरेको छ। शुक्रबार वडा ११ का श्रीदेव साह घरबाट उपचार सुरु गरिएको हो। 

साहले पाँचवटा गाई पालेका छन्। जसमा तीन वटामा संक्रमित देखिएको छ। उनीसहित गाउँका दर्जनौँ व्यक्तिले पालेको पशुमा यस्तो समस्या देखापरेको छ।  

छुटाछुट्टै वडाहरूका लागि तीनवटा टिम बनाइएको पशु विकास शाखा प्रमुख रामकृष्ण यादवले जानकारी दिए। ‘हाम्रो प्राविधिक टोली आवश्यक औषधिसहित पशुपालकको घरघरमै पुगेर संक्रमित गाईवस्तुको उपचार थालेको छ,’ उनले भने,‘यसबाट बच्न किसानले पनि संक्रमित पशुलाई छुट्टै राख्नुपर्छ। दिनहुँ गोठ सफा गर्नुपर्छ। आहार एकै ठाउँमा खुवाउन रोक्नुपर्छ। रोग संक्रमण रुक्छ।’ 

लम्की स्किनको छुटै औषधि नभएको अवस्थामा लक्षण अनुसारको औषधि दिएर उपचार थालेको उनले बताए। टोल टोलमा गाईवस्तुमा लम्की स्किन रोगको संक्रमण देखा पर्न थालेपछि तत्कालै औषधि खरिद उपचार अगाडि बढाएको उनले बताए। किसानहरूबाट आएको जानकारी अनुसार सात हजारभन्दा बढी गाईवस्तुमा यो रोगको समस्या देखा परेको शाखा प्रमुख यादवले सुनाए। 

‘अहिले तत्कालै पशु विकास समितिको निर्णय अनुसार ६ लाख बराबरको औषधि खरिद गरी गाउँ गाउँमा टोली पठाएका छौं,’पशु विकास समितिको अध्यक्ष तेजनारायण चौधरीले भने,‘आवश्यक परेको अवस्थामा थप औषधि खरिद गरी उपचार गर्छौ।’ अहिले एक हजार पशुलाई उपचार गर्ने योजना बनाएर अगाडि बढेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.