गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन (फोटो फिचर)
काठमाडौं : सुन तस्करीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित एमाले निकट युवा संघले मसाल जुलुस प्रदर्शन गरेको छ। नयाँ बानेश्वरमा आयोजित मसाल जुलुस प्रदर्शनमा युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। विमानस्थलबाट सुन तस्करी भइरहेको भन्दै नैतिकताको आधारमा राजीनामा माग गर्दै उनीहरूले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।