उठ न चेली नि खोल न ढोका,
जोर घैला बोकी नि पँधेरी जाऊँ,
दैलो र अँगेनो लिपपोत गरी,
बढार–कुँडार सकेर मेरा बाबा, बडार कुँडार सकेर।
गाईको गोठ नी भकारो सोरी,
घाँस हाल्नु लगेर मेरा बाबा, घाँस हाल्नु लगेर।
दुधेरो बोकेर गाई दुहुन भनी,
गएकी म पनि मेरा बाबा, गएकी म पनि।
कुँडेमा दूध तताउन भनी,
बसेर म पनि मेरा बाबा, बसेर म पनि।
दारका ठेकीमा जमाउने दही,
तातो दूध हालेर मेरा बाबा, तातो दूध हालेर।
धुपीको टोलङ नि मोही पार्न भनी,
मदानी तानेर मेरा बाबा, मदानी तानेर।
नौनी घिउ निस्क्यो बिसौली जति,
हर्पेमा राखेर मेरा बाबा, हर्पेमा राखेर।
पाहुना सत्कार गर्न है भनी,
राख्दछन् साँचेर मेरा बाबा, राख्दछन् साँचेर।
- फिदिम, पाँचथर