गुठीचौरका सातवटा घरमा अज्ञात समूहद्वारा आगजनी

गुठीचौरका सातवटा घरमा अज्ञात समूहद्वारा आगजनी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गुठीचौर गाउँपालिकाका विभिन्न सात वटा घरहरुमा अज्ञात समूहद्वारा आगो लगाइएको छ। गुठीचौर गाउँपालिका -४ स्थित विभिन्न गाउँमा सातवटा घरमा आगो लगाइएको वडा अध्यक्ष टिकादत्त न्यौपानेले बताए।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँमा कविदत्त न्यौपानेको घर, डाँडाबाडामा कविदत्त न्यौपानेको घर, दलिबाडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भिम प्रसाद जैशीको घरमा अज्ञात समूहहले आगो लगाउँदै हिंडेको देखिन्छ।

धिता र देपालगाउँमा पनि यस्तो घटना भएको खबर आइरहेको उनले बताए। त्यस्तै पार्किङ गरी राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ। 

सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्यौपानेको घरमा क्षति भएको छ। 

'आगो लगाउने बित्तिकै थाहा पाउँदा अधिकांश घरहरु क्षति हुन जोगिएका छन्', उनले भने, 'अज्ञात समूहबाट घरको चुक्कुल लगाएर, पेट्रोल छर्केर आगो लगाइएको छ।'

आगो लगाइएको कुरा थाहा पाउनेबित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाइएको डीएसपी प्रह्लाद कार्कीले बताए।

'विभिन्न गाउँका घरहरुमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाइएको छ',  उनले भने, 'प्रहरी घटना स्थलमै छ। के कति क्षित भएको छ थाहा पाउन सकिएको छैन।'

गुठीचौरमा दिनदिनै घटनाहरु बढ्ने क्रममा रहेकाले सुरक्षा चुनौति थपिएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए। 

'हामीले यी घटना घटाउने संयन्त्रको विकास गर्दै सुरक्षा संयन्त्र बलियो बनाउने गरि पहल कदमी थालेका छौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.