सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी सम्भव छैन : रवि लामिछाने

सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी सम्भव छैन : रवि लामिछाने

विराटनगर : पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन्। शनिबार बिहान विराटनगरमा पत्रकारसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन्। 

उनले भने,‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो।’

लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले थप टिप्पणी नगर्ने बताए। विमानस्थलबाट भन्सार पास भएपछि सुन समातिएकाले राष्ट्रिय युवा संघ र कांग्रेस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करलाई साथ दिएको आरोपमा राजीनामा मागेको सन्दर्भमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको स्पष्ट पारे। उनले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविकता नबुझि राजीनामा नमाग्ने धारणा राखे। 

लामिछानेले वास्तविकता थाहा पाएसकेपछि मात्रै सडक र सदनमा कुरा गर्ने बताए। ‘भर्खरै यो विषय आएको छ। हेर्दैछौं। केहि समय पर्खनुपर्छ, हेर्नुपर्छ, केही समय धैर्य गर्नुपर्छ। सरकारलाई अनुसन्धान गर्न समय दिनुपर्छ। प्रतिक्रियाको दौडमा रास्वपा छैन।’

लामिछानेले उठाएका विषयलाई प्राथमिकता दिन आग्रह गरे। उनले भने, ‘रास्वपाले कहाँ गल्ति गर्छ भनेर हेर्ने कि के विषय उठाएको छ भनेर प्राथमिकता दिने ?’ उनले सरकारले जुनसुकै अपराध गरेर राजनीतिमा आएपनि छुट दिने प्रावधान ल्याएकाले आफूहरुले संसदमा विरोध गरेको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.