जुम्लामा आगजनी गरेको आशंकामा १० जना पक्राउ

जुम्लामा आगजनी गरेको आशंकामा १० जना पक्राउ

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगजनीमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरिएको हो। प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरिएको छैन। 

गएराति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र  चन्दननाथ नगरपालिकामा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.