आँपका ५० बोटबाट ७ लाख बढी आम्दानी

आँपका ५० बोटबाट ७ लाख बढी आम्दानी
सुन्नुहोस्

 सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क ८ किमडाँडाका  युवा ठाकुर भुसालको आपको बगैंचामा लटरम्म आँप फलेका छन्। वैदेशिक रोजगारबाट फर्किएर कृषि पेशामा लागेका भुसालले यस वर्ष आँप बिक्रीबाट ७ लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको बताए।

झन्डै ५० वटा आपको बोटमा अहिले ९० क्वीन्टलभन्दा बढी फलेको छ। उत्पादन भएको आपको बिक्रीको लागि कुनै समस्या छैन। सन्धिखर्कमा मात्र हैन बुटवल र पोखरासम्मका व्यपारी घरमै पुगेर खरिद गर्ने गरेको कृषक भुसालले बताएका छन्।अहिले घरमै होलसेल ८० रुपैयाँ केजीमा आपको बिक्री हुने गरेको छ। कृषक भुसालको भनाइ छ।

व्यवसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाखभन्दा बढी कमाउने गरेका छन्। उनले वेमौषमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन्। विदेशमा जस्तो दुःख गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने सोचले शुरु गरेको कृषि पेशा सबै युवाको लागि प्रेरणाको स्रोत पनि बनेको छ।

१८ वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन। तर व्यवसायिक रुपमा तरकारी र फलफूल खेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको कृषक भुसालले बताए। तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.