मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गरिने

मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गरिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएको छ। अहिले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ। बैठक सकिएपछि मौद्रिक नीतिक सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोखरेलले अन्नपूर्णलाई जानकारी दिए। 

उनले भने,'अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ। बैठक सकिएपछि वेबसाइटमार्फत् सार्वजनिक गर्नेछौं। ३ बजे मौद्रिक नीतिबारे  पत्रकार सम्मेलन आयोजना गरिएको छ।'

राष्ट्र बैंकले पनि अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न उचित निर्णय लिने भनेको छ। अहिले व्यवसायीे ब्याजदर घटाउने गरी नीति आउला भन्ने अपेक्षामा छन्। तर, साउन लाग्दासम्म ब्याजदर केही घटेकाले राष्ट्र बैंक यसमा केन्द्रित नहुने पक्षमा देखिन्छ। अर्कोतर्फ चालु पुँजी कर्जामा गरेको कडाईले व्यवसायी अशान्त छन्।

यसले व्यवसाय सञ्चालनलाई निरन्तरता दिन कठिन भएकाले यसको खारेजीको माग गर्दै आएका छन्। तर, चालु पुँजी कर्जाको व्यवस्था कायम रहनेमा राष्ट्र बैंक स्पष्ट छ।

बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलगायतका क्षेत्रका करिब ५० संघ-संगठन, विज्ञ तथा सरोकारवालाले मौद्रिक नीतिमा सुझाव दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र कार्यकारी निर्देशकहरूलाई  आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी नीति ल्याउन भनेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.