मृगौला पीडित महिलाको उपचारका लागि गाउँलेको सहयोग

मृगौला पीडित महिलाको उपचारका लागि गाउँलेको सहयोग
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुराकी एक मृगौला पीडित महिलालाई बचाउनका लागि गाउँलेले आर्थिक सहयोग जुटाउन सुरु गरेका छन्। 

आर्थिक अवस्था कमजोर भएकी डडेल्धुरा अजयमेरु गाउँपालिका-५ ओडिगाउकी पशुपतीदेवी खड्काको मृगौला सम्बन्धीको रोगको उपचारका लागि गाउँलेले नै जुटेर सहयोग जुटाइरहेका छन्। 

उनको एक मृगौला पुरै काम नलाग्ने भएको र अर्को मृगौलाको पनि चाडै अपरेसन गर्नुपर्ने भएकाले गाउँलेले सहयोग अभियान सुरु गरेका हुन्। लामो समयदेखि स्वास्थ्य उपचार गराई रहेकी उनको पारिवारको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ। 

उनलाई सेती अस्पताल धनगढीले थप उपचारका लागि काठमाडौं टिचिङमा रिफर गरेको भए पनि आइतबार उनलाई वीर अस्पतालमा उपचार गर्ने स्थानीयले जनाएका छन्। 

रिफर भएको लाम समयसम्म पनि आर्थिक समस्याका कारण बिरामीलाई उपचारका लागि काठमाडौं लैजान नसकेको  बिरामीका आफन्त राजसिंह खड्काले बताए। हालसम्म एक लाख १० हजार जम्मा गरी बिरामीलाई बुझाएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.