खेतमा छटपटाइरहेको अवस्थामा भेटिएका पुरुषको मृत्यु

खेतमा छटपटाइरहेको अवस्थामा भेटिएका पुरुषको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको लेटाङ नगरपालिका–१ स्थित खेतमा छटपटाइरहेको अवस्थामा भेटिएका पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो। 

लेटाङ–१ का अन्दाजी ४५ वर्षीय ऋषिराम दाहाल घरदेखि लगभग १५ मिटर पश्चिममा रहेको खेतमा छटपटाइरहेको अवस्थामा दिउँसो २:५० बजेतिर भेटिएका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार भीमबहादुर लामाको खेतमा उनलाई छटपटाइरहेको अवस्थामा फेला पारिएको हो। 

बाबु छटपटाइरहेको देखेपछि छोरीले आमा (दाहालकी श्रीमती)लाई घटनाको जानकारी गराइन्। श्रीमतीले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

पुरुषको मृत्युको कारण यकिन हुन बाँकी रहेको डीएसपी दाहालले बताए। उनका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ। 

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकाश थपलिया नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.