अवैध उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

ढल्केवर(धनुषा): अवैध उत्खनन् गर्ने दुई वटा ट्याक्टरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। 

आइतबार धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा अवैध उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा उत्खनन् कार्यमा संलग्न ज १ त २६५० र नम्बर नखुलेको ट्याक्टर गरी दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टर इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर थप अनुसन्धान भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.