वडा वडामा धारा जडान र ट्यांकी राखेर पानीको प्रबन्ध मिलाउँदै महानगर

वडा वडामा धारा जडान र ट्यांकी राखेर पानीको प्रबन्ध मिलाउँदै महानगर
सुन्नुहोस्

वीरगन्ज : केही दिन यता खानेपानी अभावको समस्यासँग जुधिरहेका वीरगन्जवासीका लागि वीरगन्ज महानगरपालिकाले पानीको व्यवस्था गर्न थालेको छ।

महानगरपालिकाले खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका वडा नम्बर १ देखि १७ र १९ गरी १८ वटा वडामा सोमबारदेखि निःशुल्क धारा जडान गर्ने तयारी गरेको छ।

यस्तै खानेपानी संस्थानको पाइपलाइन नपुगेका वडाहरूमा भने अहिले ट्यांकरमार्फत पानी ओसारेर अस्थायी रूपमा व्यवस्था महानगरले मिलाएको छ।

महानगरका ९० प्रतिशत चापाकलहरू सुकेर पानीको समस्यासँग जुधिरहेका महानगरवासीलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले महानगरका कर्मचारी र वडाका जनप्रतिधिनीहरूलाइ निर्देशन दिएका थिए।

निर्देशन अनुरुप महानगरपालिकाले आइतबार वडा नम्वर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटर क्षमतको ट्यांकी राखेर त्यसमा ट्यांकरबाट पानी ओसारेर पिउने पानीको प्रबन्ध मिलाएको हो।

यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरूमा जडान गर्ने कार्य भने सोमबारदेखि नै सुरु गर्ने गरी आवश्यक सबै प्रक्रिया मिलाइसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए।  

खानेपानी पाइपको लाइन भएका वडाहरूमा सार्वजनिक चोक तथा बढी चाप भएका स्थानमा सोमबारदेखि नै धारा जडान कार्य सुरु गरिने  उनले बताए। उनले भने,‘हरेक वडामा आवश्यकता अनुसार १०देखि १५ स्थानमा  धारा जडान गरिन्छ, धारा जडानको खर्च र त्यसको बिलिङ महानगरपालिकाले नै व्यहोर्छ।'

यस्तै संस्थानको पाइप लाइन विस्तार नभएका वडा तथा स्थानमा भने आइतबारदेखि नै १० हजार लिटरको ट्यांकी राखेर पानीको प्रबन्ध मिलाइएको पौडेलले बताए।

यसैबिच आइतबार वीरगन्ज महानगरपालिका-२४ मा भने वडाअध्यक्ष आशुतोष चतुर्वेदीले भने आफ्नो व्यक्तिगत खर्चमा ट्यांकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.