धरानमा डेंगुबाट तीन महिनाको अवधिमा छ जनाको मृत्यु

धरानमा डेंगुबाट तीन महिनाको अवधिमा छ जनाको मृत्यु

धरान : सुनसरीको धरान उपमहानरपालिकामा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट धरानमा ३  महिला र ३ पुरुष गरी छ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।

सर्वसाधारणको ज्यान जाने गरी महामारीको रुपमा फैलिएको डेंगु रोगको संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकारले चासो भने देखाएका छैनन् ।  समयमै डेंगु नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या वृद्धि भएको छ । 

डेंगु संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् । आइतबार राति धरान २ का एक पुरुष र सोमबार धरान १० का अर्का पुरुषको निधन भएको छ । दुबैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको स्वास्थय महाशाखा प्रमुख मेहताले बताए । 

यस अगाडी जेठ ३० गते धरान १७,असार १५ गते धरान ११ साउन २ गते धरान १८ का एक/एक जना महिलाको डेंगुकै कारण मृत्यु भएको थियो । साउन २ गते धरान ११ का अर्का एक पुरुषको डेंगुकै कारण निधन भएको मेहताले बताए।

धरान उपमहानगरपालिकामा ५ हजार बढि सर्वसाधारणलाई डेंग संक्रमण देखा परेको छ । धेरैजसो संक्रमितहरू निको भइसकेका छन् । दैनिक डेंगु संक्रमित हुनेको संख्या पनि दुई सय बढि रहेको छ । डेंगु संक्रमित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलमा उपचार गराइरहेका छन् । बीपी प्रतिष्ठानले यस अगाडि कोभिड अस्पताल सञ्‍चालन गरेको स्थानमा डेंगुको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा प्रल्हाद कार्कीले बताए । 

डेंगु रोग एडिस प्रजातिको संक्रमित पोथि लामखुट्टेले टोकेपछि सर्ने रोग हो । डेंगु रोगको चार प्रकारका सेरोटाइप हुने गरेको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका माइक्रोवायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टाईले बताए । 

डेंगु सेरोटाइपमा डेंगु १, डेंगु २,डेंगु ३ र डेंगु ४ गरी चार प्रकारमा विभाजन गरिएको डा.भट्टराईले बताए । धरानमा अहिले डेंगु १ र डेंगु ३ का सेरोटाइपहरू बढि मात्रामा देखा पर्ने गरेको डा.भट्टराई बताउँछन्। 

एडिस प्रजातिको संक्रमित पोथी लामखुट्टेले टोकेपछि सुरुमा ज्वरो आउने,शरीरमा दादुराजस्ता फोका आउने,टाउको दुख्ने,पखला लाग्ने, बान्ता आउने, जोर्नी दुख्ने, र शरीर कमजोर हुनेजस्ता लक्षण देखापर्छन्। । संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेस कमी हुने भएकाले बिरामीले पोषिलो र झोल पदार्थ बढि मात्रामा खानुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.