झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई बालकको मृत्यु

झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई बालकको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा :झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालकको मृत्यु भएको छ । झापा गाउँपालिका– १ लसुनाका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आइतबार अन्दाजी १२ बजेको समयमा नेपाल भारत सीमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको हो । खेल्नेक्रममा पानीमा डुबेर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । बिर्तासिटी पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै, बिर्तामोड नगरपालिका– ७ मा एक नाबालकको रहस्यमय मृत्यु भएको छ । नाबालक रवि मियाका छोरा हुन् । नाबालकका बुवा मुस्लिम र आमा सन्थाल भएको बुझिएको छ । दश दिनअघि आमाले नाबालकलाई बुवाको जिम्मा लगाएर सम्पर्कविहीन भएको स्थानीयवासीले बताए ।

आमा सम्पर्कविहीन भएपछि बुवासँगै बस्दै आएका नाबालकको आइतबार राति निधन भएको प्रहरीले जनाएको । प्रहरी टोली घटनास्थलमा पुग्दा नाबालकको घाटीमा धेरै कमिला देखिएको बताइएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले पोस्टमार्टमका लागि नाबालकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.