विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै
सुन्नुहोस्

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षीय लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडिबुटीमा रमाउन थालेका छन्। 

लामो समय विदेशी भूमिमा काम गरेर उनी फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखर खेती गरेका हुन्। 'विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखर खेती सुरु गरेको हुँ', उनले भने, 'हाल कूल १३ रोपनी पाखो बारीमा ओखर र सतुवाखेती गरिरहेको छु।'

हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहेका पुर्जाले रोजगारीका लागि छ वर्ष साउदी र तीन वर्ष कतारमा काम गरे। टर्कीबाट प्रतिगोटा एक हजार सात सय ५० का दरले बिरुवा किनेर तीन हजार दाँते जातको ओखरका बिरुवा रोपेको पुर्जाको भनाइ छ। चार रोपनीमा ताप्लेजुङ र म्याग्दीको तोरीपानीबाट ५० हजार गाना सतुवाको बिरुवा ल्याएर लगाएका हुन्।  

समुन्द्री सतहदेखि करिब दुई हजार तीन सय मिटर उचाइमा रहेको बोवाङको चिसो हावापानी भएको भूगोल सतुवा र ओखर खेतीका लागि अनुकूल मानिन्छ। बोवाङको जङ्गलमा प्राकृतिक रुपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो। 

पुर्जाको फार्ममा हाल २० हजार सतुवाका बिरुवा तयार भएका छन्। सतुवाको बिरुवाको बजार मूल्य प्रतिगोटा ४७ पर्छ। सतुवाको बजार मूल्य हाल प्रतिकिलो सातदेखि आठ हजार छ। तीन वर्षअघि प्रतिकिलो सतुवाको मूल्य २५ हजार थियो। 

'करिब ५० हजार गानाबाट पाँचदेखि छ क्विन्टल सतुवा निकाल्ने भए पनि बजार भाउ राम्रो नभएकाले उत्खनन गरेको छैन', उनले भने, 'राम्रो बजार भाउ पाए सतुवा बिक्री गर्नेछु।' सतुवा र ओखर खेती गर्नुअघि पाखो बारीमा जौ, उवा, गहुँ, मकै र कोदोखेती हुने गरेको थियो। परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटी र ओखर खेती गरेको पुर्जाले बताए। 

पुर्जालाई कृषि ज्ञान केन्द्रले फार्मको घेराबार गर्न अनुदान सहयोग गरेको थियो। काठ र फलामको तारले फार्म घेराउ गर्ने पुर्जाको तयारी गरेका थिए।

यसैगरी सतुवाको बिरुवा भएको पल्टमा प्लास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोग किराबाट बचाउन सकिने पुर्जाको अपेक्षा छ। 

औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.