सेयर बजारमा करेक्सन, कारोबार रकम भने बढ्यो

सेयर बजारमा करेक्सन, कारोबार रकम भने बढ्यो

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।  साताको पहिलो कारोबार दिन आइतबार  ६३.२४ अंकले बढेको सेयर बजार आज २६.६६ अंकले ओरालो लागेको हो।

यसदिन २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँमा खरिद बिक्री भयो।

आइतबार ४ अर्ब ३७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा  नेपाल रिइन्स्योरेन्स  कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड ५६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

ग्लोबल आईएमई बैंकको १९ करोड बढि मूल्यको सेयर कारोबार भयो। यस्तै प्रभु बैंकको १५ करोड बढि मूल्यको कारोबार भयो। कारोबारमा  १३ उपसमूहमध्ये ११ को मूल्य घटेको छ। बाँकी दुई कम्पनी म्युचुअल फण्ड र अदर्शको मूल्य बढेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.