कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक आज अपरान्ह ४ बजेका लागि बोलाएको देउवाको सचिवालयले जनाएको छ।
केन्द्रीय समिति बैठकका निर्णयहरूको तयारी गर्न पदाधिकारी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। । २ साउनदेखि जारी बैठकमा छलफल सकिएर निर्णय लेख्न बाँकी छ। निर्णयको तयारीका लागि आज केन्द्रीय समितिको बैठक बोलाइएको छैन।
आज निर्णय लेखनको काम सकिएपछि भोलि केन्द्रीय समिति बैठकमा पेश गर्ने र पारित गर्नेगरी बैठक समापन गर्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)