डलरमा ब्याजको लोभ
जुन मुलुकमा डरलाग्दो ‘एक अर्ब डलर काण्ड’ भयो। सस्तो ब्याजमा एक अर्ब अमेरिकी डलर ऋण लिएर त्यसबाट ब्याज खाने दाउमा तत्कालीन प्रधानमन्त्री चन्द र अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी लागेपछि त्यो काण्ड हुन पुगेको तथ्य सार्वजनिक भएको पत्रकार हरिबहादुर थापाको भ्रष्टाचारको शल्यक्रियामा उल्लेख छ।
यो पञ्चायतकालको भ्रष्टाचार काण्ड हो। यो डलर काण्ड २०४१ सालको हो। त्यो बेला प्रधानमन्त्री थिए, लोकेन्द्रबहादुर चन्द। उनी पञ्चायतकालमा ‘मिस्टर क्लिन’ प्रधानमन्त्री मानिन्थे। यो घटना उनकै पालामा भयो।
जुन मुलुकमा डरलाग्दो ‘एक अर्ब डलर काण्ड’ भयो। सस्तो ब्याजमा एक अर्ब अमेरिकी डलर ऋण लिएर त्यसबाट ब्याज खाने दाउमा तत्कालीन प्रधानमन्त्री चन्द र अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनी लागेपछि त्यो काण्ड हुन पुगेको तथ्य सार्वजनिक भएको पत्रकार हरिबहादुर थापाको भ्रष्टाचारको शल्यक्रियामा उल्लेख छ। डलर काण्ड हुन रोक्न खोज्ने तत्कालीन नेपाल राष्ट्र बैंकका गभर्नर कल्याणविक्रम अधिकारी जागिरबाट खोसिए।
गभर्नर अधिकारीलाई हटाएर यो प्रकरण साम्य पारिएको थियो। यो प्रकरणका मुख्य संलग्नकर्ता चोख्याइएको थियो। प्रधानमन्त्री र अर्थमन्त्री नै जोडिएको यो तल्लो तहका कर्मचारीलाई मात्रै निसाना बनाइयो। पञ्चायतपछि पनि चन्द दुई पटक प्रधानमन्त्री बने।