प्रधानमन्त्री प्रचण्ड र आइएफएडीका प्रमुख लारियोबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र आइएफएडीका प्रमुख लारियोबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र इन्टरनेशनल फण्ड फर एग्रिकल्चर (आइएफएडी)का प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना भएको युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन इटलीको रोममा रहेका प्रधानमन्त्री प्रचण्ड र डा. अल्भारो लारियोबीच इटलीको रोममा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उक्त भेटवार्तामा आइएफएडिद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समिक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।null

भेटमा आइएफएडीले नेपालको कृषि क्षेत्रको विकासमा पुर्याएको योगदान लगायतका विषयमा कुराकानी भएको हो। नेपालको कृषि क्षेत्रमा आइएफएडिले विभिन्न परियोजनाहरु सञ्चालन गरेको छ। 

भेटमा प्रधानमन्त्रीसँगै भ्रमणमा रहेका कृषिमन्त्री बेदुराम भुसाल पनि सहभागी थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.