मधेसमा पर्यटनको प्रचूर सम्भावना छ : योगेश भट्टराई

मधेसमा पर्यटनको प्रचूर सम्भावना छ : योगेश भट्टराई
सुन्नुहोस्

बर्दिवास : नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्। मंगलवार महोत्तरीको बर्दिवासस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को निरीक्षण गर्दै यस्तो बताएका हुन्।

‘सांस्कृतिक हिसाबले मधेस एकदमै एडभान्स छ। अन्त नभएका सांस्कृतिक सम्पदाहरू यहाँ छन्,’ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका भट्टराईले भने, ‘मधेसलाई जसरी पर्यटनको हिसाबले विकास गर्नुपर्ने थियो। त्यसरी हामी विकास गर्न सक्या छैनौं।’

नाथम कलेजको महत्व स्थानीय जनप्रतिनिधिहरूले पनि गम्भीरताका साथ बुझ्नुपर्नेमा उनले जोड दिए। ‘यहाँ धेरै महत्वपूर्ण कुरा आएको छ। बर्दिवासले यसलाई एउटा उपहारको रुपमा लिर्नुपर्छ,’ भट्टराईले भने। मधेस प्रदेशको टुरिजमको पाटोमा रिसर्च गर्न कलेज प्रशासनलाई उनले सुझाव दिए।

मधेस प्रदेशकै स्तरीय होटलहरुमा पनि दक्ष कर्मचारी अभाव रहेको बताउँदै उनले यहाँ (नाथम)बाट उत्पादन जनशक्तिको भविष्य उज्जवल रहेको उल्लेख गरे। होटेल म्यानेजमेन्टका लागि नाथम कलेज दक्षिण एसियामा मात्र नभई एसियामै उत्कृष्ट रहेको नेता भट्टराईले दाबी गरे।

निरीक्षणको क्रममा नेता भट्टराईसँगै नेकपा एमालेका मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव, प्रदेशसभा सदस्य शारदादेवी थापा, एमालेका मधेस प्रदेशका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्मा, प्रदेश सचिवालय सदस्य शंकर महतोलगायत स्थानीय जनप्रतिनिधिहरु सहभागी थिए।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिवासका प्रमुख शिवेन्द्र मल्लिकले कलेजलाई थप व्यवस्थित बनाउनका लागि पहलकदमी लिइदिन सबैलाई आग्रह गरेका थिए।

नाथम बर्दिवासमा अहिले मधेश प्रदेशका विभिन्न जिल्लाका १७ जना विद्यार्थीहरू अध्ययनरत छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.