सय किलो सुन प्रकरण : पोखरेल मन्त्रालय तानिए, पाण्डे त्रिअवि भन्सार प्रमुख

सय किलो सुन प्रकरण : पोखरेल मन्त्रालय तानिए, पाण्डे त्रिअवि भन्सार प्रमुख
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरिएका छन्। 

अर्थ मन्त्रालयले मंगलबार त्रिअवि भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलाई जिम्मेवारीबाट हटाउँदै सहसचिव टोकराज पाण्डेलाई पठाएको छ।

केही दिनअघि विमानस्थलबाट भन्सार पास भएर सय किलो बढी सुन बाहिरिएपछि विमानस्थलस्थित प्रहरी र भन्सार कार्यालयका कर्मचारीहरू आलोचित भएका थिए। अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले विमानस्थल भन्सार कार्यालयका प्रमुख फेरिएको बताए। 

राजस्व अनुसन्धान विभागले त्रिअवि भन्सार कार्यालयका तीन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सुन बाहिरिएको विषयलाई लिएर मन्त्रालयले पोखरेललाई फिर्ता बोलाएको हो। पाण्डे राष्ट्रिय किताबखानाका महानिर्देशक थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.