चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त, फेरि वाङलाई दिइयो जिम्मेवारी
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङले विदेशमन्त्री छिङ काङलाई बर्खास्त गरेका छन्। राष्ट्रपति सीले फेरि वाङ यीलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेका छन्।
विदेशमन्त्री काङ अमेरिकी जासुसीहरूसँग नियमित सम्पर्कमा रहेको आशंकापछि राष्ट्रपति सीले चिनियाँ जनमुक्ति सेनालाई उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए। विदेशमन्त्री काङले अमेरिकाका लागि चिनियाँ राजदूतका रूपमा काम गरिसकेका छन्।
गत डिसेम्बर अन्तिममा विदेशमन्त्री नियुक्त भएका काङ सात महिना नबित्दै बर्खास्तीमा परेका हुन्।
चिनियाँ जनमुक्ति सेनाले दिएको प्रतिवेदनको आधारमा काङलाई विदेशमन्त्रीबाट बर्खास्त गरिएको हो। चिनियाँ विदेशमन्त्री भएपछि पनि उनी अमेरिकी कूटनीतिज्ञहरूसँग नियमित सम्पर्कमा रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति सीले विदेशमन्त्री छिन काङलाई हटाएको बीबीसीले समेत पुष्टि गरेको छ।