विश्वविद्यालय टोली चीन जाने

विश्वविद्यालय टोली चीन जाने
सुन्नुहोस्

काठमाडौं : चीनको छेङ्दुमा आयोजना हुने ३१औं युनिभर्सियाड गेम्समा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ जाने भएको छ। विश्वका एक सय ५० भन्दा बढी राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्ने नेपाल विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराले जानकारी दिए। 

प्रतियोगितामा नेपालले फेन्सिङ, टेबुल टेनिस, उसु, तेक्वान्दो, ब्याडमिन्टन र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ। फेन्सिङमा विजय अधिकारी, प्रमिला विश्वकर्मा र अक्षत शेरचन, टेबुल टेनिसमा रितिज जोशी, रोशन ओझा, कुशल न्याछौं, उसुमा जुनु स्याङ्बो लामा, नीमा घर्तीमगर, विजय सिंजाली तथा पासाङ शेर्पाले प्रतिस्पर्धा गर्ने छन्। 

यसैगरी तेक्वान्दोमा कञ्चन थापा, अस्मिन राउत, रोहित महर्जन, सुष्मा श्रेष्ठ, सहिल सुनार र निशा दर्नालले प्रतिस्पर्धा गर्ने छन्। अस्मिन र नीशा १३औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडी हुन्। यस्तै ब्याडमिन्टनका सुलभ लोहनी र एथलेटिक्सका सुजन श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। तेक्वान्दोका विकेश बिडारी, फेन्सिङका मदन कार्की, ब्याडमिन्टनका अशोक श्रेष्ठ र टेबुल टेनिसका एकेन्द्र मल्लले प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन्। हेड अफ डेलिगेट्सका रुपमा विश्वविद्यालय खेलकुद संघका महासचिव बोहरा पनि चीन जाँदैछन्।

२३ सदस्यीय टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक न्यौपाने बिदाइ गरे। उनले संसारभरका विश्वविद्यालयको बृहत प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई हौसला बढाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.