लागुऔषध ल्याउँदै गर्दा पक्राउ

लागुऔषध ल्याउँदै गर्दा पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

 विराटनगर  : विराटनगरबाट लागुऔषधसहित प्रहरीले बुधबार बिहान एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३१ वर्षीय दिवस लिम्बू रहेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर को ४ प ६५४२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका लिम्बूलाई विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले बिहान १० बजेतिर पक्राउ गरेको हो । 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शंका लागेर खानतसाली गर्दा साथबाट लागुऔषध स्पास्मो प्रोक्सिभन ५ सय ७६ ट्याब्लेट, नाइट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डीसी २ बोतल फेला परेको थियो । साथबाट लागुऔषध बरामद भएपछि लिम्बू पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीमा राखेर लिम्बूमाथि थप अनुसन्धान अघि बढाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.