६,९१० सशस्त्र प्रहरीको एकैसाथ बढुवा

६,९१० सशस्त्र प्रहरीको एकैसाथ बढुवा
सुन्नुहोस्

साउन ३ गते बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरीमा दरबन्दी मिलान गर्ने निर्णय गरेको थियो

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले ६,९१० जना कर्मचारीको लागि बढुवा सूचना निकालेको छ। गत असार ३१ गते १५ दिनको म्याद राखेर एक सूचना जारी गर्दै सशस्त्र प्रहरीले बढुवा हुन योग्य हवल्दारदेखि एसएसपीसम्मका लागि सूचना निकालेको हो।

आवश्यक दरबन्दीको अभावमा सशस्त्र प्रहरी बलमा लामो समयदेखि बढुवा रोकिएको थियो। यसले गर्दा योग्य सशस्त्र प्रहरी पनि एउटै पदमा काम गरिराख्न बाध्य भएका थिए। उनीहरू बढुवा हुने लाइनमा होल्ड भएका थिए।

सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार गत साउन ३ गते बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरीमा दरबन्दी मिलान गर्ने निर्णय गरेको हो। सशस्त्रमा एसएसपीमा ११ जनाको दरबन्दी थप गरिएको छ। पहिलेकै दरबन्दी अनुसार ४ जना एसएसपीको दरबन्दी खाली नै छ। विभिन्न समयमा स्थापना भएका शिक्षालयका लागि एसएसपी र एसपीको दरबन्दी थप गरिएको हो।

सशस्त्र प्रहरीका अनुसार हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, जवान तालिम शिक्षालय नौवात्रा बाँके, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र सीमा सुरपाथीभरा जवान तालिम शिक्षालय झापा, प्राविधिक तालिम शिक्षालय बारा, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, बडिमालिका जवान तालिम शिक्षालय कैलाली, राजस्व भन्सार तालिम शिक्षालय टीकापुर कैलाली र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका लागि एसपीको दरबन्दी थप गरिएको हो।

पछिल्लो समय सशस्त्र प्रहरीले थप गर्दै गएको वोर्डर आउट पोष्टका लागि पनि डीएसपीको दरबन्दी खाली छ। प्रस्तावित ४५ वटा विओपीको लागि डीएसपीको नयाँ दरबन्दीबाटै पदमिलान गरिने सशस्त्रका प्रवक्ता खड्काले बताए।

गृहमन्त्रालयको सिफारिसमा ३ गते बसेको मन्त्रिपरिषद वैठकले एसएसपी ११ जना, एसपी ४१ जना, डीएसपी २८ जना, इन्सपेक्टर ४७ जना, वरिष्ठ सई ५८ जनाको दरबन्दी समायोजन गरेको छ। यसमा ९८ जना दरबन्दी नयाँ थप गरिएको हो भने अन्य पदहरू तल्लो तहबाट मिलान गरिएको हो।

दरबन्दी थप र समायोजनपछि अब १५ जना एसएसपी, ६३ जना एसपी, १०३ जना डीएसपी, ५१ जना इन्स्पेक्टर, ४९ जना वरिष्ठ सई, ६८ जना सई, २१० जना असई, २२४ जना वरिष्ठ हवल्दार, २ हजार १२८ जना हवल्दार र ४ हजार जना सहायक हवल्दारमा बढुवा हुनेछन्। सशस्त्र स्रोतका अनुसार भदौको पहिलो सातासम्म आवेदन दिएका सबै जनाको बढुवा भइसक्नेछ।

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले संगठनमा रहेका प्रहरी कर्मचारीको मनोवल बढाउनको लागि बढुवा सूचना जारी गरिएको हो। लामो समयसम्म एउटै पदमा बस्दा कर्मचारीको कार्यक्षमता बढ्न नपाउने तथा मनोवल घट्ने हुन्छ। संगठनको हितमा राखेर नै बढुवाको प्रक्रिया अघि बढाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.