महोत्तरीको बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

महोत्तरीको बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार-पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।
    

प्रहरीले घटना भएकै दिनदेखि ह्युमन इन्टेलिजेन्स, टेक्नो इन्टेलिजेन्स, क्राइम पेटर्न एनालाइसिस, सूत्र परिचालन, नेपाल प्रहरीको विशिष्टिकृत एजेन्सीको सहयोग, अन्तरसंस्था र अन्तरदेशीय समन्वयको आधारमा बुधबार साँझ महोत्तरी जिल्लाकै मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकैबाट उक्त घटनामा संलग्न रहेको आरोपमा युवक अजय कुमारलाई पक्राउ गर्न सफल भएको हो ।
    
साथै प्रहरीले घटनामा संलग्न अन्य तीन÷चार जनाको पनि पहिचान गरिसकेको तर अनुसन्धान गोपनीयताको कारण सबैको नाम, ठेगाना उल्लेख गर्न नसकिने जनाएको छ । अन्य फरार व्यक्तिको पनि खोजतलास व्यापकरुपमा भइरहेको र चाँडै पक्राउ गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.