मकवानपुरमा ६ अर्ब ६० करोड राजस्व संकलन

मकवानपुरमा ६ अर्ब ६० करोड राजस्व संकलन
सुन्नुहोस्

हेटौंडा : आन्तरिक राजश्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/०८० को अवधिमा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । 

कार्यालयले अन्तरशुल्क तर्फ ३ अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९ करोड ५ लाख १९ हजार र आयकरतर्फ १ अर्ब १० करोड ६५ लाख ४७ हजार रुपैयाँ राजश्व असुली गरेको हो । 

त्यस्तै थप राजस्वतर्फ स्वास्थ्य सेवा करबापत् ६६ करोड ४० लाख ७५ हजार रुपैयाँ सकलन भएको छ । ब्याजकरतर्फ भने ६ करोड ३५ हजार रुपैयाँ संकलन भएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 

घरबाहलतर्फको स्रोतमा २ करोड ५१ लाख ६१ हजार रुपैयाँ र शिक्षाकरतर्फ ७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

आर्थिक वर्ष २०७८/०७९ मा भन्दा २०७९/०८० मा वार्षिक लक्ष्यभन्दा करिब ४० करोड १४ लाख ४७ हजार रुपैयाँ बढी राजश्व संकलन गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेश कुमार यादवले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.